काठमाण्डौं । देशको अर्थतन्त्रको सूचक नकारात्मक भइरहेका बेला देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा भने संचालक समितिकै बैठक बस्न नसक्ने अवस्था सिर्जना भएको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्वनसँगै संचालकहरु डा. श्रीराम पौड्याल तथा राजजी रेग्मीको कार्यकाल समेत सकिएपछि बैठक अन्योलमा परेको हो ।
गभर्नर अध्यक्ष रहने समितिमा दुईजना डेपुटी गभर्नर, अर्थसचिव र तीनजना विज्ञहरू सञ्चालक रहने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंक ऐन—२०५८ को व्यवस्था अनुसार समितिको बैठकमा अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भएमा मात्र गणपूरक सङ्ख्या पुगेको मानिने प्रावधान छ । गभर्नरको निलम्बन र दुई जना संचालकको कार्यकाल समाप्ती पछि संचालकको संख्या चार जनामा झरेपनि विज्ञ संचालक डा. सुवोध कुमार कर्ण बैठकमा उपस्थित नहुने भएकाले अन्योल भएको हो ।
सरकारले गभर्नर अधिकारीलाई चैत २४ गते निलम्बन गरेको हो । यस्तै संचालकद्धय पौड्याल र रेग्मीको कार्यकाल शुक्रबारबाट सकिएको हो ।
राष्ट्र बैंकको सञ्चालक समितिमा ७ जना रहने व्यवस्था छ । गभर्नर अध्यक्ष रहने समितिमा दुईजना डेपुटी गभर्नर, अर्थसचिव र तीनजना विज्ञहरू सञ्चालक रहने व्यवस्था छ । गभर्नरले अध्यक्षता गर्ने संचालक समितिको बैठक बैठकको अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने प्रावधान छ । यसैगरी विज्ञ संचालकमध्ये पनि एकजनाको उपस्थिती अनिवार्य गरिएको छ ।
कामु गभर्नर निलम ढुंगाना तिम्सिना, अर्थ सचिव मधुकुमार मरासिनी र डेपु्टी गभर्नर बमबहादुर मिश्र मात्र बैंठकमा उपस्थिती हुने भएकाले गणकपुरक संख्या पुग्दैन ।
प्रतिक्रिया