वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर अधिकारी निलम्वनको विरोध गर्दै कर्मचारी संंघले केन्द्रिय कार्यालयमा झुड्यायो कालो व्यानर

अर्थटुडे
२०७९ बैशाख ४, आईतवार

गभर्नर अधिकारी निलम्वनको विरोध गर्दै कर्मचारी संंघले केन्द्रिय कार्यालयमा झुड्यायो कालो व्यानर

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको कारबाहीको विरोधस्वरुप बैंकको केन्द्रिउय कार्यालय बालुवाटार परिसरमा कालो व्यानर झुड्याएर कोणसभा गरेको छ ।
राष्ट्र बैंकले केन्द्रिय कार्यालय लगायत उपत्यका बाहिरका सम्पुर्ण कार्यालयहरुमा एकैसाथ झुड्याइएको कालो व्यानरमा “केन्द्रिय बैंकको स्वायत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर”, “निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर अधिकार िमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्व फिर्ता गर” र “संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर”भन्ने नाराहरु समावेश रहेको छ ।

कालो व्यानर झुड्याउनु अघि कोण सभालाई सम्बोधन गदै नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्र प्रसाद तिमल्सिनाले राज्य संचालकहरु वित्तिय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तिय माफियाहरुको चंगुलमा फस्ने गर्दछन् तव नेपाल राष्ट्र बैंकको नेतृत्व माथि आक्रमण हुने गरेको बताए ।

हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।

यस अघि पनि केन्द्रीय बैंकका गभर्नरहरु क्रमशः कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियार देखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारवाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ