वि.सं. २०८१ कार्तिक २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सर्वोच्च पुगे निलम्बित अधिकारी, छानविन गर्न गठित आयोगको खारेजी, निलम्बन कार्यान्ययन नगर्न माग

अर्थटुडे
२०७९ बैशाख ४, आईतवार

काठमाडौ । निलम्बित गनर्भर काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन् । उनले सरकारले आफूमाथि लागेको आरोपहरुको छानविनका लागि गठन गरेको आयोग नै विवादास्पद रहेकोले सो आयोग नै खारेज गर्न र आफूलाई गरिएको निलम्वन कार्यान्वयन नगर्न माग गर्द अधिकारी सर्वोच्च अदालत पुगेका हुन् ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो। राष्ट्र बैंकबाट सूचना चुहाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि अधिकारी स्वतः निलम्बनमा परेका हुन्।

छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले गभर्नरलाई बर्खास्त गर्ने वा नगर्ने निर्णय हुनेछ। गभर्नर अधिकारीले भने छानबिन समितिमाथि नै प्रश्न उठाउँदै त्यसको खारेजीको माग गरेका छन्।

यसअघि अर्थमन्त्री शर्माले विदेशबाट आएको रकम फुकुवा गर्न राष्ट्र बैंकलाई दबाब दिएको समाचार प्रकाशित भएको थियो। उक्त समाचार प्रकाशन भएपछि सार्वजनिक कार्यक्रममा नै शर्माले अधिकारीमाथि आक्रोश पोखेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ