वि.सं. २०८१ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्दो डलर संचितिलाई रोक्न सरकारी इन्धन खपतमा २० % कटौति

अर्थटुडे
२०७९ बैशाख ५, सोमबार

काठमाडौ । सरकारले २० प्रतिशत इन्धन खपत कटौति गरेको छ । सोमबार अर्थ मन्त्रालय प्रेस विज्ञप्ति जारी गरी इन्धन कटौति गरेको उल्लेख गरेको छ ।

इन्धन शिर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसंग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने जनाएको हो ।

गत चैत ३० गतेको मन्त्रीपरिषद्को बैठले देशको व्यापारघाटा बढ्दै गएकोले डलरको चापलाई कम गर्न पनि यस्तो निर्णय गरेको अर्थमन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । अर्थमन्त्रालयका अनुसार विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि प्रयोग हुने इन्धनमा भने लागु हुदैन ।

त्यस्तै अर्थमन्त्रालयका अनुसार छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौति गर्न अनुरोध गर्ने पनि जनाएको छ ।

अर्थमन्त्रालयका अनुसार यो कटौति २०७९ असार मसान्तसम्म लागु हुने र निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरु, सवै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने पनि अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकको वुदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख गरिएको थियो । तर देशको बाह्य क्षेत्र समस्यामा पदै गएपछि सरकारले २० प्रतिशत इन्धन कटौति गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ