ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन ल्याएको छ । सोमबार संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सदस्य सुविधा काउण्टरको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नया बजारका सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने र आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउने समेत उनले जानकारी दिए ।
पुल्चोकमा मुख्यकार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।
संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । बिसं २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वागमती प्रदेशको उत्कृष्ट सहकारी हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।
प्रतिक्रिया