वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गभर्नर प्रकरण : मुद्दासँगै जाँचबुझ समिति पनि सक्रिय

अर्थटुडे
२०७९ बैशाख ६, मंगलवार

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरणमा अदालतमा मुद्दा दायर भएसँगै सरकारले गठन गरेको जाँचबुझ समिति पनि सक्रिय भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा निलम्बन कानुन विपरित रहेको भन्दै खारेजीको माग गर्दै आईतबार मुद्दा दायर गरेका छन् । यसैगरी जाँचबुझ समितिले पनि आईतबारबाटै काम सुरु गरिएको भन्दै सार्वजनिक प्रेस विज्ञप्ती जारी गरेको छ ।

सरकारले पूर्वन्यायाधिस पुरुषोतम् भण्डारीको नेतृत्वमा तिन सदस्यीय जाचबुझ समिति गठन गरेको हो । उनी अर्थमन्त्री जनादर्न शर्माकै आफन्त रहेको भन्दै आलोचना भएको छ ।

गभर्नर अधिकारीले पनि मुद्दामा अर्थमन्त्री निकट व्यक्तिलाई समितिमा राखेर सरकारले आफुप्रति गलत नियतका साथ निलम्बन गरेको दावी गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ