काठमाडौं । चालु आर्थिक वर्षमा स्वदेशी तथा विदेशीहरुले उद्योगमा साढे २ खर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको चैतसम्म २३२ उद्योगमा २ खर्व ६३ अर्व लगानी प्रस्ताव आएको हो । गत आवको यसै अवधिमा १६९ उद्योगमा १ खर्व ६९ अर्व लगानी प्रस्ताव आएको थियो ।
विभागका अनुसार चालु आवमा ६२ वटा साना, ८२ वटा मझौला तथा ६७ वटा ठूला उद्योग रहेका छन् ।
प्रतिक्रिया