काठमाडौं । गर्मी बढेसँगै बजारमा कागतीको मूल्य उच्च वृद्धि भएको छ । एक महिनासम्म किलाको दुई सय ५० रुपैयाँ रहेको कागतीको थोक मूल्य अहिले बढेर तीन सय २५ रुपैयाँ पुगेको छ । जसको कारण उपभोक्ता मुल्य पनि उच्च भएको छ ।
हाल बजारमा उपभोक्ताले कागतीको मूल्य प्रतिकेजी ५ सय रुपैयाँसम्म तिर्नु परेको छ ।
गर्मी बढेसँगै कागतीको माँग बढेको र भारतबाट आयात समेत घटेकाले महंगो भएको व्यापारीहरु बताउछन् । यसैगरी तेलको मूल्यवृद्धिसँगै ढुवानीको भाडा बढ्दा पनि मूल्य बढेको उनीहरुको दावी छ ।
प्रतिक्रिया