वि.सं. २०८१ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नियमित काममा फर्किए गभर्नर, अदालतको आदेशले राष्ट्र बैंकको स्वायत्तता जोगिएको टिप्पणी

अर्थटुडे
२०७९ बैशाख ७, बुधबार

काठमाडौं । सर्वोच्च अदालतबाट निलम्बन फुकुवा भएसँगै गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् ।

मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई काम गर्न दिनका लागि अल्पकालिन अन्तरिम आदेश जारी गरेसँगै अधिकारी बुधबारदेखि राष्ट्र बैंक पुगेका हुन् ।

राष्ट्र बैंक पुग्दा उनलाई कर्मचारीहरुले माला, खादा र तालीले स्वागत गरेका थिए ।

अधिकारीले सर्वोच्चमा दर्ता गरेको मुद्दामा मंगलबार न्यायाधिस हरिप्रसाद फुयाँलको एकल इजलासले अल्पकालिन आदेश जारी गर्दै सरकारको निर्णय कार्यान्वयन नगर्न तथा गभर्नरलाई काम गर्न दिन आदेश दिएको हो ।

यसैगरी सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने नगर्ने विषयमा छलफल गर्नका लागि बैशाख १३ गतेको पेसी तोकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ