वि.सं. २०८१ कार्तिक १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घट्दैछ बैंकहरुको नाफा

अर्थटुडे
२०७९ बैशाख ११, आईतवार

काठमाडौं । देशको आर्थिक सूचकहरु नकारात्मक भइरहेका बेला बैंकहरुको नाफा पनि प्रभावित हुन थालेको छ । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को को पहिलो त्रैमासिक (साउन—असोज) मा करिब २४ प्रतिशत र दोस्रो त्रैमास (साउन—पुस) मा करिव १० प्रतिशतले नाफा बृद्धि भएकोमा तेस्रो त्रैमास (साउन—चैत) सम्ममा आईपुग्दा नाफा स्थिरप्रायः भएको छ ।

संचालनमा रहेका २७ बाणिज्य बैंकहरुले बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार २०७८ चैतसम्ममा कुल ५१ अर्व एक करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको यसै अवधिको तुलनामा यो नाफा ०.५४ प्रतिशतले मात्र बढि हो । गत आवमा बैंकहरुले ५० अर्व ७४ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुँजी वृद्धिको तुलनामा बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा बाणिज्य बैंकहरुको नाफा खुम्चिदै गएको छ । आर्थिक क्रियाकलापमा आएको सुस्तता, तरलता अभावलगायतका कारण बैंकको व्यवसाय समेत प्रभावित भएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकको कडाइ, व्याजदरका प्रतिस्पर्धा भई स्प्रेडदर समेत घटेपछि बैंकहरुको नाफा प्रभावित भएको हो ।

गत आवको चैतको तुलनामा चालु आवमा चैतसम्ममा १५  वटा बैंकहरुले मात्र नाफा वृद्धि गरेका छन् । यसैगरी १७ वटा बैंकहरुको नाफा भने घटेको छ ।

कुन बैंकको नाफा कति ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ