काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको उच्च मूल्य वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ भने एलपी ग्याँसमा प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर १८ सय पर्नेछ ।
हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिपछि समायोजन गरिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।
प्रतिक्रिया