काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। बैंकको शनिवार सम्पन्न विशेषसाधारणसभाले ढुंगानालाई बैंकको आगामी सीईओ नियुक्त गरेको हो।
अबको केही महिनामा नै हालका सिइओ अनिलकेशरी शाहको कार्यकाल सकिने भएकोले सो साधारणसभाले ढुंगानालाई सिइओ नियुक्त गरेको हो । ढुंगानाले आउँदो जुलाई १ (असार १७) बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन्।
यसअघि नबिलसँग मर्ज हुन लागेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले सिइओको रुपमा काम गरेका थिए । ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन्। नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनले निजी क्षेत्रका बैंकहरुबाट सुरुआव गरेका थिए ।
प्रतिक्रिया