वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हवाई भाडादर बढ्यो, न्युनतम ९०देखि ४४५ रुपैयाँ सम्मले बृद्धि

अर्थटुडे
२०७९ जेष्ठ ९, सोमबार

काठमाडौं । हवाई भाडा बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको हो । गत आइतबारदेखि लागु हुनेगरी नयाँ हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मुल्य बृद्धि गरेपछि संघले बाध्य भएर मुल्य समायोजन गर्नुपरेको जनाएको छ ।

काठमाडौंदेखि सबैभन्दा लामो दूरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा ४ सय ४५ रूपैयाँले बढेर १५ हजार ६ सय ६५ रुपैयाँ कायम भएको छ। माउन्टेन फ्लाइटमा ३४० रूपैयाँ बढेको छ। माउन्टेन फ्लाइटको भाडादर १३ हजार सात सय ६५ रूपैयाँ पर्छ।

यसैगरी काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर ३०० रूपैयाँले बढेर ११ हजार ९३५ रूपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर २४० रूपैयाँले बढेर ९ हजार ३२५ रूपैयाँ पुगेको छ। यस्तै काठमाडौं–जनकपुरको भाडा १३० रूपैयाँले बढेर ५ हजार २५० रूपैयाँ, काठमाडौं–भरतपुरको भाडा ११० रूपैयाँले बढेर ४ हजार ४३५ रूपैयाँ पुगेको छ।

काठमाडौं–पोखराको भाडादर १६० रूपैयाँ बढेर ६ हजार ३०५ रुपैयाँ कामय गरिएको छ। काठमाडौं–भैरहवाको भाडा २०५ रुपैयाँले बढेर ७ हजार ८८० रूपैयाँ, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रुपैयाँ बढेर १२ हजार ८९५ रूपैयाँ पुगेको छ। यस्तै काठमाडौं–तुम्लिङटारको भाडादर १८५ रूपैयाँ बढेर ७ हजार ४६० रूपैयाँ र काठमाडौं–सिमराको भाडादर ९० रूपैयाँ बढेर ३ हजार ७२५ रूपैयाँ पुगेको सघले जनाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ