वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग महासंघको साझेदारी

अर्थटुडे
२०७९ जेष्ठ ९, सोमबार

काठमाडौ । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।

‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं ।’ उनले सम्झौता पछि भने ।
सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपालस सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी दर्जनौ लघुव्त्ति र केहि बैंकहरुलाई सेवा दिइएहेका छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिललाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्धता गर्न जोड दिनुपर्ने बताए । उनले बैकिङ सफ्टवेयरमा एक रुपता र विश्वसनियता सिर्जना गर्नुपर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे ।

इन्फोडेभलपर्सका सिइओ रघु राघुवंसीले इन्फिनिटी सफ्वेयरलगायत अन्य प्रडक्टहरुको विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा इन्फोडेभलपर्सका सिओओ डा. राजिव सुब्बाले गरिवी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रुपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताए ।

‘यो साझेदारीले नयाँ तरंग सिर्जना गरेको छ ।’ उनले भने । इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाहरुको डिजिटलाइजसेनको प्रयासमा सघाउन विभिन्न प्रडक्टहरु ल्याएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ