काठमाडौं । बाणिज्य बैंकहरुमा एक सातामै ७ अर्व रुपैयाँ निक्षेप बढेको छ । स्थानिय चुनावले गर्दा बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः बैंकमै फर्किन थालेको नेपाल बैकर्स संघले जनाएको छ ।
संघका अनुसार बैशाख अन्तिममा ४३ खर्व ७० अर्व रुपैयाँमा झरेको निक्षेप जेठ ६ गतेसम्ममा बढेर ४३ खर्व ७७ अर्व पुगेको छ ।
निक्षेपसँगै कर्जा प्रवाह पनि २ अर्व रुपैयाँले विस्तार भएको छ । बैशाख अन्तिममा ४१ खर्व ९१ अर्व रुपैयाँ रहेको बैंकहरुको कर्जा जेठ ६ गतेसम्ममा बढेर ४१ खर्व ९३ अर्व रुपैयाँ पुगेको संघले जनाएको छ ।
प्रतिक्रिया