वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई पे भन्यो,’अवैधानिक अनलाईन जुवाका साइटहरुमा संलग्नता छैन, राष्ट्र बैंकमा जानकारी गराइसकेका छौ’

अर्थटुडे
२०७९ जेष्ठ १२, बिहीबार

काठमाडौ । ‘आइएमई पे’ ले अवैध अनलाइन जुवा साइटहरुमा आफ्नो नाम जोडिएपछि आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएको छ । गैरकानूनी क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ तथा वान एक्स बेट जस्ता अनलाईनमा आइएमई पेको नाम जोडिएको थियो । आइएमई पे ले एक विज्ञप्ति जारी गरी क्रिप्टोकरेन्सीदेखि अनलाइन जुवालगायत अवैधानिक गतिविधि गर्ने काममा आफ्नो कुनै संलग्नता वा सहकार्य नरहेको स्पष्ट जनाएको छ ।

गैरकानूनी गतिविधिमाथि थप कडाइ साथ अनुगमन तथा निरीक्षण गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाउने समेत आइएई पेले सार्वजनिक सुचना मार्फत जानकारी दिएको छ । सो घटनाबारे आइएमई पेले राष्ट्र बैंकलाई समेत जानकारी गराइसकेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ