वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कसिलो मौद्रिक नीतिको संकेत

अर्थटुडे
२०७९ जेष्ठ १३, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याउने संकेत गरेको छ ।
शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो त्रैमासिक समिक्षा गर्दै केन्द्रीय बैंकले मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएकाले आगामी दिनमा आयातलाई थप कडाई गर्नुपर्ने समेत बताएको छ ।

‘मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ’ मौद्रिक नीतिको समिक्षामा उल्लेख गरिएको छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने समेत मौद्रिक नीतिको समिक्षामा जनाइएको छ । यसैगरी कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने नीतिलाई निरन्तरता दिने र उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने समेत मौद्रिक नीतिको समिक्षामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ