वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालीमाथि ऋणको भार बढ्दै, जन्मदै ६३ हजार ऋण !

अर्थटुडे
२०७९ जेष्ठ १४, शनिबार

काठमाडौं । नेपाली जन्मदै ६३ हजार ३१० रुपैयाँ ऋण बोकेर जन्मने गरेका छन् । नेपालको सार्वजनिक ऋण बढ्न थालेपछि प्रत्येक नेपालीको टाउँकोमा ६३ हजार भन्दा बढी ऋणको बोझ परेको छ । शनिवार संघिय संसदमा प्रस्तुत भएको आर्थिक सर्वेक्षण अनुसार नेपालको फागुनसम्ममा सार्वजनिक ऋण कुल १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक बर्षको अन्तसम्ममा सो रकम बढ्ने पक्का छ ।

तथ्यांक विभागका अनुसार पछिल्लो जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना रहेको छ । सार्वजनिक ऋण भनेको सम्पुर्ण नेपालवासीको ऋण हो । सो ऋणमा हरेक नेपालीको अपनत्व हुनुपर्छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिवार संघिय संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालको आन्तरिक ऋण तर्फ २०७८ फागुनसम्म ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

सार्वजनिक ऋण नेपालको कुल गार्हस्थको तुलनामा ३८ प्रतिशत हो । तथ्यांक विभागका अनुसार नेपालको आर्थिक बर्ष २०७८÷७९ को लागि नेपालको कुल गार्हस्थ उत्पादन ५.८ प्रतिशतले बढेर ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ हुने अनुमान गरेको छ । सोहीलाई आधार मान्दा नेपालको सार्वजनिक ऋण ३८ प्रतिशत रहेको हो ।

देशको सार्वजनिक ऋण २०७८ असारसम्म जम्मा १७ खर्ब ३७ अर्ब ६४ करोड रहेको थियो। चालु आर्थिक बर्षको अन्तसम्ममा नेपालको सार्वजनिक ऋण थप बढ्ने छ । पछिल्ला वर्षहरूमा सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋणको हिस्सा बढ्दै गएको छ। २०७८ फागुनसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक र बाह्य ऋणको अनुपात क्रमशः ४६.७ प्रतिशत र ५३.३ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा देखिएको छ ।

२०७७ फागनसम्म यस्तो अनुपात क्रमशः ४४.८ प्रतिशत र ५५.२ प्रतिशत रहेको थियो। २०७८ असारसम्मको सार्वजनिक ऋण दायित्वमा आन्तरिक ऋण र बाह्य ऋणको अनुपात क्रमशः ४६.२ प्रतिशत र ५३.८ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म आन्तरिक ऋण तर्फ २९ अर्ब २५ करोड रुपैयाँ र बाह्य ऋण तर्फ १३ अर्ब ६६ करोड रुपैयाँ गरी कुल ४२ अर्ब ९१ करोड रुपैयाँ साँवा भुक्तानी समेत गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ