वि.सं. २०८१ कार्तिक १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले ल्यायो १७ अर्ब ९३ अर्बको बजेट

अर्थटुडे
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षको तुलनामा ८.८७ प्रतिशतले बजेट बढाएका छन् ।

चालु आर्थिक बर्षको लागि अर्थमन्त्री विष्णु पौडेलेले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए , सरकाले चालु खर्च बढाएको छ । आगामी आर्थिक बर्षको लागि सरकारले चालु तर्फ ७ खर्ब ४३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड २१.२ प्रतिशत, वित्तिय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८५ प्रतिशत व्यवस्था गरेको छ । त्यस्तै सरकारले वित्तिय हस्तान्तरण तर्फ प्रदेश र स्थानीय तहका लागि ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत रकम बजेट विनियोजन गरेको जनाएको छ ।

सरकारले चालु आर्थिक बर्षको लागि चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगत तर्फ रु. ३ खर्ब ७४ अर्ब २६ करोड अर्थात २२.७ प्रतिशत, वित्तीय व्यवस्था तर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत बजेट विनियोजन गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ