वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी आर्थिक बर्षको लागि राजस्वको लक्ष्य १२ खर्ब ४० अर्ब

अर्थटुडे
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको जानकारी दिए । चालु आर्थिक बर्षको बजेटमा सरकारले १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै आगामी आर्थिक बर्षमा सरकारले ५५ अर्ब ४६ करोड रुपैयाँ बराबरको बैदेशिक अनुदान आउने अनुमान गरेको छ । बैदेशिक अनुदान र राजस्वबाट नपुगेको बाँकी ४ खर्ब ९८ अर्ब २६करोड रुपैयाँ भने बैदेशिक ऋण र आन्तरिक ऋणबाट परिपुर्ति गर्ने व्यवस्था गरिएको पनि अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अर्थमन्त्रीका अनुसार २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बैदेशिक ऋण र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।

चालु आर्थिक बर्षका लागि सरकारले बैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ आउन अनुमान गरेको थियो । त्यस्तै राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा पनि नपुग रकम ५ खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ भने बैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ