वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीलाई १५ % सम्म आयकर

अर्थटुडे
२०७९ जेष्ठ १५, आईतवार

काठमाडौ । सरकारले सहकारीलाई लाग्ने आयकर बढाएर १५ प्रतिशतसम्म पुर्याएको छ ।

आईतबार आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको हो ।

यस अघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सहकारी संघसंस्थालाई लाग्ने आयकर घटाएर ५, ७ र १० प्रतिशत कायम गरेका थिए ।

सहकारी ऐन २०७४ मा महानगरमा संचालित बचत तथा ऋण सहकारीहरूलाई १०, उपमहानगरपालिकामा ७ र नगरपालिकामा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

सरकारले गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकरमा भने पूर्ण रूपमा छुट दिएको छ ।

बचत तथा ऋण बाहेकका सहकारीहरुलाई दिइएको करछुटको सुविधा यथावत् रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ