वि.सं. २०८१ कार्तिक २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दलका केन्द्रिय नेता,न्यायाधिशदेखि राष्ट्रपतिको खाता निगरानीमा राख्न राष्ट्र बैंकको निर्देशन

अर्थटुडे
२०७९ जेष्ठ २६, बिहीबार

काठमाडौ – नेपाल राष्ट्र बैंकले राजनीतिक दलका केन्द्रिय नेता, कर्मचारीका विशिष्ट श्रेणी, संसद, उच्च अदालतको न्यायाधिशदेख राष्ट्रपति तथा प्रधानमन्त्रीको समेत बैंक खाता निगरानीमा राख्न निर्देशन दिएको छ ।

विहिबार सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दे बैंक तथा वित्तिय संस्थालाई उच्च पदस्थ व्यक्तिहरुको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । त्यस्तै केन्द्रिय बैंकले उनीहरुका नातेदार र नजिकका मानिसहरुको समेत खाता निगरानीमा राख्न निर्देशन दिएको हो ।

त्यस्तै राष्ट्र बैंकले सो निर्देशिकामा बैंक तथा वित्तीय संस्थाले विदेशी उच्चपदस्थ व्यक्तिको खाताको निगरानी र नियन्त्रण पनि गर्नुपर्ने उल्लेख छ । त्यस्तैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तिय लगानी सम्बन्धी अपराधको उच्च जोखिमयुक्त देखिएका मुलुक, क्षेत्र तथा उच्चपदस्थ व्यक्तिहरु र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग आवद्ध ग्राहकहरुको समेत निगरानी गर्नुपर्ने व्यस्था पनि राष्ट्र बैंकले गरेको छ ।

यस्तै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । पछिल्लो समयमा भ्रष्टाचार गरेको रकम, अपराधिक क्रियाकलापबाट आएको रकम बैंकमा भित्रन सक्ने शंका गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई थप निगरानीमा राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ