काठमाडौं । सगरमाथा बहुदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना देशैभर रहेका २४ वटा शाखाहरुका शौचालय सर्वसधाराणका लागि खुल्ला गर्ने निर्णय गरेको छ । बुधबार सहकारीको उच्च व्यवस्थापनले सो निर्णय गरेको हो । सहकारीका प्रबन्धक गोपीनाथ घिमिरेका अनुसार देशैभर रहेको सहकारीका २४ वटा शाखाका शौचालय सर्वसाधारणहरुले प्रयोग गर्न सक्ने छन् ।
उनले भने, ‘हामीले देशैभर रहेका सहकारीका २४ वटै शाखाका शौचालय सर्वसधारणका लागि खुल्ला गरेका छौ, यसले थोरै भएपनि जनतप्रतिको उत्तरदायित्व वहनका लागि मद्धत गर्दछ ।’
‘हुन त यो सानो कुरा हो तर यसले समयमा नै शौच गर्न नपाएकाहरुको हकमा भने ठूलो सहयोग गर्नेछ ।’ उनले भने । सर्वसाधरणले सो सहकारीका सम्पुर्ण शाखाका शौचालयहरु विना शुल्क प्रयोग गर्न पाउनेछन् ।
प्रतिक्रिया