प्रदेश १ आगामी आर्थिक बर्षको लागि ३९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक बर्षको तुलनामा २२.३८ प्रतिशतले बढी हो । त्यस्तै प्रदेश १ ले आगामी आर्थिक बर्षको लागि सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । प्रदेशले दश बर्षे कृषि विकासको रणनीतिलाई लागु गर्ने, प्राङगारिक मल उत्पादन तथा विकास गर्ने, नव प्रबद्र्धन कृषि कार्यक्रम लागु गर्ने जनाएको छ । त्यस्तै किसान सुचिकरण कार्यक्रम, कृतिम गर्भाधान कार्यक्रम लागु गर्ने, प्रतिलिटर दुई रुपैयाँका दरले सिधै किसानलाई जाने गरी कार्यक्रम बनाउने जनाएको छ ।
‘व्यवसायिक कृषिको अवलम्बन स्वरोजगारीको साधान’, कृषि क्षेत्रलाई बढी प्राथमिकता’, ‘उद्योगको दिगो विकास आत्मनिर्भर अर्थतन्त्रको अभ्यास’, ‘स्वस्थ नागरिक सक्षम प्रदेश’, ‘प्राविधिक शिक्षामा लगानी संबृद्ध प्रदेशको विहानी’, ‘सहकारीको साथ संबृद्धिको गन्तव्य’,‘व्यवस्थित र संक्षित जलाधार जीवनको आधार’, ‘नागरिकको जिउधन र सार्वजनिक सम्पत्तिको सुरक्षा प्रदेश सरकारको प्रतिवद्धता’,‘सुशासनयुक्त कार्यालय, भ्रष्टाचार मुक्त प्रदेश’ जस्ता नाराहरु राखिएको छ । ति नाराहरुलाई सफल पार्नका लागि प्रदेशले विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ ।
त्यसैगरी प्रदेश १ ले बवैभन्दा बढी बजेट सडक पुर्वाधार तथा सहरी विकासको लागि छुट्याएको छ । सो क्षेत्रमा प्रदेश १ ले आगामी आर्थिक बर्षको लागि १२ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै सोप्रदेशले सिँचाई नदी व्यवस्थापन तथा खानेपानी उर्जाको लागि ६ अर्ब २ करोड ५६ लाख रुपैयाँ, स्वास्थमा ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ र पर्यटन तथा संस्कृतिको लागि १ अर्ब १३ करोड ९८ लाख रुपैयाा बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया