वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मधेश प्रदेशको बजेट ४६ अर्ब ८८ करोड, ‘चुरे जोगाउ मधेश बचाउ’ अभियान संचालन (हेर्नुहोस् पुर्ण पाठ)

अर्थटुडे
२०७९ असार १, बुधबार

काठमाडौं । मधेश प्रदेशले आगामी आर्थिक बर्षको लागि ४६ अर्ब ८८ करोड ०९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जुन चालु आर्थिक भन्दा ३.२८ प्रतिशतले बढी हो । सो प्रदेशले भने बजेट मार्फत गरिवलाई केही राहत दिएको छ । आगामी आर्थिक बर्षको बजेट मार्फत बजेटले अटो रिक्सा र ३ ह्वीलर टेम्पुले तिर्नुपर्ने कर एक हजार रुपैयाँले कम गराएको छ ।

त्यस्तै किसानहरुलाई लक्षित गरी कार्यक्रमहरु अगाडी सारेको छ । आगामी आर्थिक बर्षको बजेटमा मधेश प्रदेशले किसानसमम कृषि तथा पशुपालन सम्बन्धी पाविधकि ज्ञान उपलव्ध गराउन स्थानीय तहहरुसँगको समन्वयमा कृषि तथा पशुसेवा क्षेत्रमा अध्ययन गरेका र अन्ययनरत स्नातकोत्तर वा स्नातक तहका एक–एक जना जनशक्तिको व्यवस्था प्रत्येक स्थानीय तहहरुमा मिलाउने जनाएको छ । जसले कृषि क्षेत्रको स्तरोन्नतिको लागि ठुलो योगदान पुग्नेछ ।

त्यस्तै ‘सिँचाईमे लगानी,किसानके खुसहाली ’नारालाई सार्थक बनाउन डिप ट्ुपवेल, स्यालो ट्युवेल तथा साना सिचाई आयोजनाहरु स्थानीय तहबाट नै व्यवस्थापन हुने गरी निर्माण सचालन गर्ने, भुमिगत जल ह्रासको कारण र पुनर्भरण सम्बन्धी अध्ययन गर्ने, ‘चुरे जोगाउ मधेश बचाउ’ अभियान संचालन गर्ने, हरित सहर स्वच्छ सहरको रुपमा मधेशलाई विकास गराउने कार्यक्रमहरु बजेमटमा राखेको छ ।

त्यस्तैगरी ‘पुर्ण सुरक्षित मातृत्व प्रदेश ’र पुर्ण खोपयुक्त प्रदेश‘ बनाउका लागि विभन्न कार्यक्रमहरु संचालन गर्ने, मधेश विश्व विद्यालय स्थापना गर्ने र मधेशशहिद राजमार्ग बनाउने कार्यक्रमहरु पनि आगामी बजेटमा सो प्रदेशले राखेको छ ।

(हेर्नुहोस् पुर्ण पाठ)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ