वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड, खुद्रे कार्यक्रम बढी (हेर्नुहोस् पुर्ण पाठ)

अर्थटुडे
२०७९ असार १, बुधबार

गण्डकी । गण्डकी प्रदेशले आगामी आर्थिक बर्षको लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ । बजेटले स्वास्थ्यसँगै कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले यस वर्ष चुनाव केन्द्रित बजेट ल्याएको छ । ठूला र दीर्घकालीन महत्व राख्ने कार्यक्रमभन्दा खुद्रे र लोकप्रिय कार्यक्रम सरकारले ल्याएको छ । सरकारले यो वर्ष स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन लगायतलाई जोड दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि लिफ्टिङ खानेपानीमा नागरिकले तिर्दै आएको महसुललाई निशुल्क बनाएको छ । अत्यावश्यकबाहेक यो वर्ष सवारी साधन खरिद नगर्ने अर्थमन्त्री बरालले घोषणा गरेका छन् । खरिदै गर्नुपरे गण्डकी प्रदेश सरकारले विद्युतीय गाडी खरिद गर्ने व्यवस्था गरेको पनि बजेटमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ