वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड (हेर्नुहोस् पुर्ण पाठ)

अर्थटुडे
२०७९ असार १, बुधबार

दाङ । लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख बजेट ल्याएको छ । राजस्व संकलन कम भएको भन्दै यो वर्ष बजेटको आकार घटाउने चर्चा भएपनि अघिल्लो आर्थिक बर्षमा भन्दा २ अर्ब बढाएर बजेट सार्वजनिक गरेको छ ।
प्रदेशले कृषि स्वास्थ्य, रोजगारीका कार्यक्रमलाई प्राथमिकता दिएको दावी गरेको छ ।

प्रदेशले लुम्बिनीमा गौरवका आयोजनाका लागि १ अर्ब ६९ करोड बिनियोजन गरिएको छ । राजधानी व्यवस्थापन गरि रुपन्देहीमा रहेका कार्यालयहरु स्थायी राजधानीमा लगिने पनि बजेटमा उल्लेख छ । एक स्थानीय तह एक उत्पादनका लागि वाली बस्तु प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न २९ करोड बिनियोजन गरेको छ । भने कृषि पेशामा युवालाई आर्कषित गर्न ८ करोड ४५ लाख बजेट छुट्याएको छ ।

त्यस्तै महिला तथा सिमान्तकृत समुदायको कृषिमा सिचाई सुविधा पु¥याउने, प्रोत्साहन अनुदान कार्यक्रम निरन्तरता दिइएको छ । प्रदेशका सबै सरकारी अस्पतालमा निशुल्क रगत उपलब्ध गराउन बजेट छुटाइएको अर्थमन्त्रीले जानकारी दिए । मुटु, मृगौला जस्ता जटिल रोगका लागि २ लाख दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल पेट सम्बन्धी रोगको उपचार, फोहोर मैला व्यवस्थापन, छुवाछुत, लैंगिक हिंसा, कुसंस्कार विरुद्ध सामाजिक सुधार अभियान सञ्चालन गर्न, दलित समुदायको परम्परागत सिप प्रवद्र्धनका लागि भगत सर्वजित सिप प्रवद्र्धन कार्यक्रम संचालन गर्न, रुकुम र रोल्पाको अल्लो व्यसाय प्रवद्र्धनका लागि आवश्यक बजेट छुटाइएको छ ।

गौतमबुद्ध विमानस्थल र नेपालगञ्ज विमाननस्थलमा कोसेली घर सञ्चालनका गर्न, बुटवल धागो कारखाना र खजुराको कपास क्षेत्र र नवलपारासीको चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न पनि प्रदेशले बजेट छुटाइएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, नयाँ बिषयमा अध्यायपन दिइँदै आएको सुविधाका लागि ३० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

(हेर्नुहोस् पुर्ण पाठ)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ