वि.सं. २०८१ कार्तिक १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्णाली प्रदेशको बजेट ३२ अर्ब ६१ करोड, कर्णाली प्रदेशका टार, अन्नको भण्डार’ कार्यक्रम

अर्थटुडे
२०७९ असार १, बुधबार

काठमाडौं । कर्णाली प्रदेशले पनि आगामी आर्थिक बर्षको लागि ३२ अर्ब ६१ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा भौतिक पुर्वाधार तथा सहरी विकासको लागि १० अर्ब ९२ करोड छुट्याइएको छ । त्यस्तै ‘एक घर एक धारा अभियान संचालन गर्ने, ‘कर्णाली प्रदेशका टार, अन्नको भण्डार’ नारालाई सार्थक बनाउनका लागि विभिन्न कार्यक्रम गर्नका लागि पनि प्रदेशले बजेट विनियोजन गरेको छ ।

त्यसैगरी ‘कर्णाली उज्यालो कार्यक्रमको लागि पनि बजेट विनियोजन गरेको छ भने प्रदेशले खानेपानी, सरसफाई उर्जा र नदी नियन्त्रणको लागि ३ अर्ब ७९ करोड रुपैयाँ छुट्याएको छ । त्यस्तै महिला तथा बालबालिकाको संविधान प्रदत्त अधिकार सुनिश्चित गरी हिंसापिडित महिलाहरुको उद्धार पुनस्र्थापना र संरक्षणका लागि सुरक्षित गृह कार्यक्रम संचालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरी ‘बैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रम’ ,गरिव तथा विपन्न लक्षित बर्ग विशेष कार्यक्रम संचालनका लागि पनि बजेट छुट्याएको छ । ‘कृषि उत्पादन बृद्धिका लागि गुणस्तरीय विउ’ भन्ने नाराका साथ कर्णली प्रदेश विउ क्षेत्र सहयोग कार्यक्रम मार्फत विउ उत्पादनमा संलग्न कृषहरुलाई स्रोत विएमा ७५ प्रतिशत अनुदान दिने कार्यक्रम पनि कर्णालीले अगाडी सारेको छ । जसका कारण विउको अभाव खेपेका कृषकहरुलाई भने सहज हुनेछ ।

त्यस्तैगरी ‘कृषि उत्पादन बृद्धिका लागि कृषि पुर्वाधार’ भन्ने नाराका साथ कृषि क्षेत्रको विकासको लागि सहकारी र निजी क्षेत्रको लगानी आकर्षित गर्ने कार्यक्रम अगाडी सारेको छ भने कृषकलाई उत्साहित गर्नका लागि मुख्यमन्त्री कृषक सम्मान कार्यक्रम, एक जिल्ला एक उद्योग प्रबद्र्धन कार्यक्रम र एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्नका लागि बजेट विनियोजन गरेको छ । प्रदेशले सीपसँग सहयोग कार्यक्रम, मेक इन कर्णाली, कर्णाली सेवा पुरस्कार लगायका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

(हेर्नुहोस् बजेटको पुर्ण विवरण)

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ