कैलाली । सुदुरपश्चिम प्रदेशले आगामी आर्थिक बर्षको लागि ३६ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको छ । सो बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ । अधिकांश कार्यक्रम नारामा नै अडिएको यो प्रदेशको बजेटले आत्मनिर्भर कृषि प्रदेशको संबृद्धि भन्ने नारालाई सार्थक बनाउन विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ ।
त्यस्तै प्रदेशले ‘नमुना गाउँ आफै बनाउँ’, ‘प्रदेश सरकार कृषको अविभावक’एक खेतमा तीन बाली,उत्पादन गरौ यसैपाली ’भन्ने नाराका साथ कृषिको खेतीयोग्य जमिनमा र्बोभरी सिँचाई सुविधा विस्तार गर्ने कार्यक्रम रहेको छ ।
उत्पादन बृद्धि गर्न कृषक समुह र सहकारी मार्फत काम गर्ने पनि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै धानमिल मोडल, एक स्थानीय तह एक विउ स्रोत केन्द्र, एकीकृत कृषि बजार, हाटबजार संचालन तथा संकदन केन्द्रको निर्माण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
नाराहरु
‘नमुना गाउँ आफै बनाउँ’,‘प्रदेश सरकार कृषको अविभावक’एक खेतमा तीन बाली,उत्पादन गरौ यसैपाली’,’मेरो उत्पादन प्रदेशको पहिचान, कृषि आयममा बृद्धि किसाको संबृद्धि, व्यवासयिकता खेती गरी एउटै बाली गाउँ भरी, आजको लगानी बोटमा भोलिको प्रतिफल नोटमा, किसान हुनुमा मलाई गर्व छ, माटो जोगाउँ उत्पादन बढाऔ, कृषि व्यवसायमार्फत जिवीकोपार्जन सुधार कार्यक्रम, आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम, पशु खोप अभियान कार्यक्रम,गोठदेखि ओठसम्म स्वच्छ दुध
त्यस्तै मेरो उत्पादन प्रदेशको पहिचान, कृषि आयममा बृद्धि किसाको संबृद्धि, व्यवासयिकता खेती गरी एउटै बाली गाउँ भरी, आजको लगानी बोटमा भोलिको प्रतिफल नोटमा, किसान हुनुमा मलाई गर्व छ, माटो जोगाउँ उत्पादन बढाऔ, कृषि व्यवसायमार्फत जिवीकोपार्जन सुधार कार्यक्रम, आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम, पशु् खोप अभियान कार्यक्रम,गोठदेखि ओठसम्म स्वच्छ दुध लगायतका कार्यक्रमहरु यो बजेटले समेटेको छ ।
त्यसैगरी मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम, ग्रामिण तथा रेथाने कुखुरा प्रबद्र्धन कार्यक्रम, सुदुरपश्चिको दिगो आथिृक आधार सवल पर्यटकीय पुर्वाधार,एक जिल्ला एक विशिष्ट उद्योग, एक स्थानीय तह एक औद्योगिक ग्राम
चार्जिङ स्टेसनहरु बनाउने, दार्जुलाको व्यास गाउँपाकिका भित्रका राष्ट्रिय प्रसारण लाइनमा आवद्ध हुन नसकेको स्थानमा सौर्य मिनी ग्रिड आयोजना संचालन गरिने कार्यक्रम पनि यो बजेटमा समेटिएको छ ।
प्रतिक्रिया