वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कसले हाक्ला अन्तराष्ट्रिय सहकारी महासंघको नेतृत्व ?

अर्थटुडे
२०७९ असार ६, सोमबार

काठमाडौ । आइसीएको ग्लोवल बोर्डकको नयाँ नेतृत्व सहितको कार्यसमितिको लागि सोमबार स्पेनको सेभेलियामा निर्वाचन हुदैछ । आइसिए बोर्डको अध्यक्ष पदको लागि हालका अध्यक्ष एरियल ग्वार्कोले पुनः उमेदवारी दर्ता गराएका छन् । उनी अर्जेन्टिनाबाट प्रतिनिधित्व गर्दछन् । त्यस्तै हालका युरोप क्षेत्रका अध्यक्ष रहेका फ्रान्सका जिन लुइस बन्सेलले पनि अध्यक्ष पदको लागि उमेदवारी दिएका छन् । त्यस्तै अष्ट्रेलियकी मेलिना मोरिसन पनि आइसीएको अध्यक्षको लागि उमेदवारी दिएकी छिन् ।

एसिया प्रान्तको उपाध्यक्षको लागि डा.चन्द्रपाल सिंह यादव निर्विरोध चयन भएका छन् । भने अफ्रिका क्षेत्रको लागि ओरियोमी एइओला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै युरोप क्षेत्रको लागि सुसान्ने वेस्थासुयी चयन भएकी छिन् ।

त्यसैगरी बोर्डमा १५ सदस्यको लागि अस्ट्रेलियका डेविड फासर, बंगलादेशबाट मोहिउद्धिन अहमेद, व्राजिलका मार्कियो लोपेस दि फेरितस, बुल्गेरियाका क्रस्मिर इगातोथ, क्यानडाका अलेक्जेन्डर विल्सन, चाइनाका जेनहोन काई, कोलम्वियाकी मारिया इग्वेनीया पेरेज्जिया, फिनल्यान्डकी मर्जाना सारिकोस्की, फ्रान्सका जिन लुइस बांन्सेल, हुन्डुरसका जर्मन बस्टुल मेसियाको उमेदवारी परेको छ ।

इन्डियाका आदित्य यादव, इन्डोनेसियाका इभा कुसुमा सुन्दरी, इरानका बहमन अव्दुल्लाही, इटलीका अतिलियो दादा, जापानका तोरु नाकाया, केन्याका जर्ज मोगुतु मावेगी, मलेसियाका कमारुद्धिन इमाइल, पाराग्वेका सिमोना काभाजुत्ती, स्वीडेका जोन न्याहुस, स्पेनका इनीको अलविजुरी ल्यान्डाजावाल, वेलायतका वेन रिद र अमेरिकाकी मार्टिन लोरीले पनि बोर्ड सदस्यको लागि उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै युथबाट आना अग्वुरे निर्विरोध निर्वाचित भएकी छिन् भने । विभिन्न क्षेत्रगतका तर्फबाट चार जना निर्वाचित भएका छन् । आइसिए बोर्डकी सदस्य ओमदेवी मल्लका अनुसार अन्तराष्ट्रिय स्वास्थ सहकारीबाट कार्लोस जारे, आवास सहकारीबाट व्लासेलम्बर, माछा सहकारीबाट सुङ हि लि र बीमा सहकारीबाट साहुन तार्वक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ