वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्डको आरोपः सेयर बजारमा राष्ट्र बैंकको नीतिका कारण

अर्थटुडे
२०७९ असार ७, मंगलवार

काठमाडौ–नेपाल धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर बजारमा देखिएको समस्या नेपाल राष्ट्र बैंकका कारण भएको दावी गरेका छन् । मंगलबार विदेश सयरबाट फर्किएका बोर्ड अध्यक्ष हमालले नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको ४÷१२ करोडको सिमाका कारण बजार ओरालो लागेको बताएका हुन् ।

त्यस्तै उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत सेयर कर्जाको लागि लिइने सेयर जोखिम भार पनि १०० बाट बढाएर १५० पुर्याएका कारण पनि सेयर बजार थप प्यानिक भएको दावी गरेका हुन् । नेपाल राष्ट्र बैंकले यही असार मसान्तभित्र कुनैपनि व्यक्ति वा एकाघरले एकै बैंकबाट ४ वा फरक फरकबाट १२ करोड भन्दा माथि सेयर कर्जा लिन पाउदैनन् । यदी कसैले पहिले नै लिएको भए यही असार मसान्तभित्र सिमाभित्र झारिसक्नुपर्ने निर्देशन दिएको छ।

सोही कारण बैंकहरुले पनि सेयर धितोमा कर्जा लिनेहरुलाई सिमाभित्र राख्नका लागि फोन गरी दवाव दिइरहेका छन् । बजार घटेका कारण लगानीकर्ताहरुले लाखौ रुपैयाँ घाटा खाइरहेका कारण सेयर विक्रि गर्न सकिरहेका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ