काठमाडौ । सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने भएका छन् । यो छुट लामो समय लगानी गर्ने लगानीकर्ताहरुको हकमा मात्र लागु हुनेछ । मंगलबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै आध्यक्ष रमेशकुमार हमालले लामो समय लगानी गर्ने सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर छुट पाउने बताए।
‘मैले अर्थमन्त्रीसँग आजै भेटेर पुँजीगत लाभकरको छुट दिन आग्रह गरेको छु, उहाँले बजेटमा नै समावेश गर्नुपर्नेमा छुटेछ म कानुनी सल्लाह गर्छु भन्नु भएको छ, यो समस्या समाधान हुन्छ।’ अध्यक्ष हमालले भने । उनले मंगलबार पत्रकारसँग बोल्दै बजार घट्नुको मुख्य कारण नै नेपाल राष्ट्र बैंकको नीति भएको दावी गर्दैै, नीतिगत करेक्सनको पहल भइरहेको दावी गरे ।
हमाल मंगलबार नै स्वदेश फर्केका हुन् । राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमा हटाउनुपर्ने, सेयर भार घटाउनुपर्ने, पुँजीबजार सुधारका लागि नीतिगत काम गर्नुपर्ने माग राख्दै पत्रकार तथा लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसेका छन् ।
उनले राखेका माग बोर्डबाट हुने जति सवै पुरा गर्न बोर्ड तयार रहेको र अन्य निकायसँग (राष्ट्र बैंक) सहकार्य गरेर समस्या समाधान गर्न पनि तयार रहेको बताए ।
प्रतिक्रिया