वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगामी दिनमा हुने मुल्यबृद्धिका लागि तयार रहनुहोस् : गभर्नर

अर्थटुडे
२०७९ असार ८, बुधबार

काठमाडौ–गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा हुने मूल्यबृद्धिको लागि तयार रहन आग्रह गरेका छन् । बुधबार विजमाण्डु मिडियाले गरेको मौद्रिक नीतिको छलफलमा उनले विश्वभरी भएको मुल्यबृद्धिले नेपाललाई पनि नछोड्ने भएकोले स्वीकार्नुको विकल्प नरहेको बताउँदै सामनाका लागि तयार रहन आग्रह गरेका हुन् ।

‘हामी पनि आगामी दिनमा हुने मुल्यबृद्धिका लागि तयार हुनुपर्छ । मुल्यबृद्धिका कारण विभिन्न सामानहरुको दर बढीरहेका छन्, त्यसलाई स्वीकानुपर्छ।’ उनले भने ।

उनले टर्कीजस्तो देशले ७२ प्रतिशतसम्मको मुल्यबृद्धि खेपेको छ, त्यसको अप्रत्यक्ष असर विश्वका सवै देशले कुनै न कुनै रुपले भोग्नुनै पर्छ । त्यसैले स्वीकार्नुको विकल्प नभएको बताए । मौद्रिक नीतिको पनि आफ्नो सिमा रहेको र भइरहेको समस्या समाधानका लागि मौद्रिक नीति जादुको छडी नभएको बताएका हुन् ।

उनले बैकिङ क्षेत्रबाट निजी क्षेत्रमा १०७ प्रतिशतले बृद्धि भएको कर्जा कहाँ गएको छ ? भनेर प्रश्न गर्दै भने,‘सो रकम पक्कैपनि कतै न कतै फसिरहेको छ, रिसाइकल भएर बैकिङ क्षेत्रमा फर्किएपछि समस्या समाधान हुनेछ ।’
‘आयात बराबरको डलर आयात हुने माध्यमपनि हामीहरुले बनाउन सकेका छैनौ, भएको डलर पनि आयात गरेर सकाउने हो भने समस्यामा फस्ने छौ’, उनले भने ।

‘हामीसँग भएको डलरको संचिति पनि धमिराले खाएझै सकिदै जाने हो भने त समस्या भोग्नपर्छ । तर सवैले आ आफ्ने कुर्सीको मान मर्यादा राखेर काम गर्ने हो भने सवै समस्या हटेर जानेछ ।’ गभर्नर अधिकारीले भने ।

लिट्टेसँग संघर्ष गर्दा पनि नभोगेको तनाव अहिले श्रीलंकाले भोगिरहेको भन्दै उनले स्पष्ट पार्दै भने,‘देश र अर्थतन्त्रलाई शिरमा राखेर मौद्रिक नीति बनाउने छौ ।’त्यस्तै उनले नेपाल राष्ट्र बैंकले कुनै एक क्षेत्र वा व्यक्ति विशेषलाई ध्यानमा राखेर मौद्रिक नीति नबनाउने भन्दै अर्थतन्त्रको सिष्टमलाई नै ध्यानमा राखेर नीतिहरु ल्याउदा कुनै क्षेत्रलाई असर परेको हुनसक्ने भन्दै चालु् आर्थिक बर्षको मौद्रिक नीतिको बारेमा पनि बुझेर वा नबुझेर विभिन्न प्रकारले व्याख्या गरिएको बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ