वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्पति शुद्धिकरण निवारणमा सहकारीको अवस्था कमजोर, साढे तीन सय सहकारी मात्र गोएमएलमा

अर्थटुडे
२०७९ असार १०, शुक्रबार

काठमाडौं । सम्पति शुद्धिकरण निवारणमा सहकारी संघसंस्थाहरुको अवस्था कमजोर पाइएको छ । सहकारीमार्फत सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संघसंस्थालाई सिमा तथा शंकास्पद कारोबारको सूचना दिन, सदस्यको पहिचाहन गर्न, आन्तरिक कार्यविधि बनाउन निर्देशन दिएपनि यसको पालना भएको छैन ।

संघिय सहकारी विभागले १० करोड रुपैयाँ भन्दा बढि वित्तीय कारोबार गर्ने सहकारीहरुलाई गोएएमएल प्रणालीमा आवद्ध हुन निर्देशन दिएपनि सहकारी संस्थाहरुले अटेर गर्दै आएका छन् ।

विभागले २०७७ पुसमा निर्देशन जारी गर्दै १० करोडभन्दा बढि कारोबार भएका सहकारी संस्थाहरुलाई वित्तीय जानकारी इकाइको गोएमएल सफ्टवेयरमा आवद्ध भई सिमा र शंकास्पद कारोबारको सूचना पठाउन निर्देशन दिएको थियो । १० करोडभन्दा बढिको कारोबार गर्ने सहकारीहरु तीन हजारको हाराहारीमा भएपनी हालसम्म तीन सय ३७ सहकारीहरु मात्र गोएएमएलमा आवद्ध भएको वित्तीय जानकारी इकाईले जनाएको छ ।

गोएमएलमा आवद्ध नहुने सहकारीहरुलाई पनि इकाईले जेठ एक गतेबाट भने गोएमएल सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचनाहरु पठाउनुपर्ने व्यवस्था गरेको छ । जसमा सिमा कारोबारको सूचना एक्सल र्फम्याटमा र शंकास्पद कारोबारको सूचना वर्ड, पिडिएफ र्फम्याटमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

सम्पति शुद्धिकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक/पटक गरेर एक दिनमा १० लाख रुपैयाँभन्दा बढिको कारोबार गरेमा सिमा कारोबार अन्र्तगत सूचना केन्द्रमा पठाउनुपर्छ । यस्तै जतिसुकै रकम कारोबार गरेपनि शंकास्पद लागेमा त्यसको सूचना केन्द्रलाई दिनुपर्ने व्यवस्था छ । तर, सहकारीले निर्देशनहरु पालना नगरेपछि गत आवमा आधा दर्जन संस्था कारवाहीमा परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ