काठमाडौं । विजय लघुवित्त संस्थाको सर्वसाधारणको लागि छुट्याइएको ४ लाख २० हजार कित्ता साधारण सेयर छिट्टै जारी हुने भएको छ । सेयर निस्कासन तथा विक्री प्रवन्धकमा ग्रोमर मर्चेन्ट बैंक नियुक्त भएको छ ।
सोमबार दुवै कम्पनीबिच भएको सम्झौतामा विजयका प्रवन्ध संचालक बसन्तराज लम्सार र ग्रोमरका कवीन्द्रध्वज जोशीे हस्ताक्षर गरे । कुल सेयरमध्ये २ लाख १० हजार कित्ता सेयर ग्रोमरले प्रत्याभुति गरेको छ ।
नवलपरासीमा प्रधान कार्यालय रहेको विजय लघुवित्तले २०६९ माघदेखि कारोबार सुरु गरेको हो । गैरसरकारी संस्था विजय विकास स्रोत केन्द्रको सक्रियतामा स्थापना भएको संस्थामा गुडविल फाइनान्स समेत गरी १ सय ८६ संस्थापक सेयर सदस्य रहेका छन् ।
१४ करोड रुपैयाँ पुँजी रहेको संस्थाले गत आवमा ६० लाख रुपैयाँ संचालन नाफा गरेको छ ।
संस्थाले नवलपरासीसहित ९ जिल्लामा लघुवित्त सेवा दिदै आएको छ ।
प्रतिक्रिया