काठमाडौ । नेपाल राष्ट्र बैंकले सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त वित्तिय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । लघुवित्तले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको पुँजीकोष नपुर्याएको भन्दै शीघ्र सुधारात्मक काराबाही गरेको हो ।
समाज लघुवित्तले २०७६ पुसदेखि २०७७ सम्म राष्ट्र बैंकको नियम अनुसार पुँजीकोष पुर्याएको थिएन । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुको लागि ८ प्रतिशत पुँजीकोष पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
तर सो लघुवित्तले तोकिएको पुँजीकोष पुर्याउन नसकेपछि राष्ट्र बैंकले बाध्य भएर कारबाबही गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष पुर्याउने वित्तिकै सो संस्थालाई लगाउदै आएको शीघ्र सुधारात्मक कारबाही फुकुवा हुनेछ ।
त्यस्तै नेपाल राष्ट्र बैंकले २ वटा लघुवित्तलाई न्युनतम पुँजीकोष कायम गर्न नसकी सयम सिमा थप गरेको छ ।
केन्द्रिय बैंकले धादिङको विन लघुवित्त वित्तिय संस्था र कन्चनपुरको घोडाघोडी लघुवित्त वित्तिय संस्था लिमिटेडलाई पुँजीकोष पुरयाउनका लागि समय थपेको हो । विन लघुवित्तलाई २०७८ जेठ मसान्तसम्म र घोडाघोेडीलाई २०७८ असार मसान्तसम्मको म्याद थपेको थियो ।
प्रतिक्रिया