काठमाडौं । नेपालविद्युतप्राधिकरणले कर्णालीप्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमाअवस्थित रारा ताल क्षेत्रमाविद्युत पुर्याएको छ । प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादितविद्युतकरिब २५ किलोमिटर प्रसारणलाइननिर्माण गरी सोमबारबाट रारा क्षेत्रकाग्राहकलाई विद्युतउपलब्ध गराएको हो ।
हालत्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसीप्रयोजनमामात्रविद्युतप्रयोग हुँदै आएको थियो । अवजल विद्युतगृहबाट उत्पादितविद्युत २४सै घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेकाहोटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युतआपूर्ति पाएका छन् ।
रारा ताल परिसरमा २५ केभिएक्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युतआपूर्ति गरिएको छ । प्राधिकरणका प्रादेशिककार्यालय कर्णालीका प्रमुख शम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए ।
‘रारा राष्ट्रिय निकुञ्जको जंगलमाकरिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमाविद्युत पुर्याउन सफल भएका छौं,’यादवले भने ।
प्रतिक्रिया