काठमाडौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सवैभन्दा कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक डलरको लागि १२७ रुपैयाँ ३० पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो ।
नेपाली रुपैयाँ र भारतिय रुपैैयाँबीच स्थिर विनियमदर (पेग) रहेको र त्यसैका आधारमा नेपाली बजारमा डलरको भाउ तय हुदै आएको छ । त्यसैले डलरसँग भारु कमजोर हुदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
डलरको भाउमा भएको बृद्धिले नेपालमा मुल्यबृद्धि हुने आयातित सामानहरुको पनि मुल्य बृद्धि हुन्छ । यसैगरी सामानको आयातमा डलर भुक्तानी गर्नुपर्ने भएकाले डलरको संचितिमा पनि दवाव पर्छ ।
त्यस्तै रेमिट्यान्स आप्रबाह र बैदेशिक लगानी भने डलरको मुल्यबृद्धि हुदा सहज हुनेछ ।
प्रतिक्रिया