वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डलरको रिजर्भले ६.७३ महिनाको आयात धान्न सक्ने, शोधनान्तर २ खर्ब ६९ अर्ब घाटामा

अर्थटुडे
२०७९ असार २७, सोमबार

काठमाडौ–चालु आर्थिक बर्षको ११ महिनामा देशको बैदेशिक विनियम संचितिमा केही सुधार आएको छ । आर्थिक वर्ष २०७८/७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । अघिल्लो महिना जम्मा ६.५७ महिनाको बस्तु तथा आयात धान्न पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा देशमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको ११ महिनामा चालु खाता ५ खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । त्यस्तै गत जेठ मसान्तसम्मा देशको शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ