काठमाडौं । सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले आर्थिक वर्ष २०७०\७१ मा १२ करोड १३ लाख रुपैयाँ संचालन नाफा गरेको छ । उक्त अवधिसम्ममा कम्पनीले १ अर्व ७९ करोड निक्षेप संकलन गरी १ अर्व ४४ करोड कर्जा लगानी गरेको छ ।
ललितपुरको मानभवनमा केन्द्रीय कार्यालय रहेको फाईनान्सले विर्तामोड, दमक, इटहरी, धरान, विराटनगर र सल्लेरीमा शाखा संचालनमा ल्याएको छ । चालु आवमा भोजपुर र ओखलढुंगामा शाखा खोल्ने कम्पनीले जनाएको छ ।
फाइनान्सले ललितपुर र वालुवाटार शाखाबाट एटिएम सेवा प्रदान गर्नुका साथै देशभरका शाखाबाट निशुल्क एविविएस सेवा दिएको छ ।
प्रतिक्रिया