वि.सं. २०८२ जेष्ठ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेठमा मात्र ९२ अर्ब भित्रियो रेमिट्यान्स,कुन महिनामा कति हेर्नुहोस्

अर्थटुडे
२०७९ असार २७, सोमबार

काठमाडौं–जेठ महिनामा मात्र नेपालमा ९२ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो चालु आर्थिक बर्षको दोस्रो सवैभन्दा धेरै हो । यसअघि चैतमा ९३ अर्ब ६० करोड रुपैया रेमिट्यान्स भित्रिएको थियो ।

त्यस्तै चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा नेपालमा ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

त्यस्तै यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या यो अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ