वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन र सिभिल बैंकबिच मर्ज सम्झौता

अर्थटुडे
२०७९ असार २९, बुधबार

काठमाडौ–हिमालयन बैंक र सिभिल बैंकविच मर्जर सम्झौता भएको छ । बुधबार दुई बैंकविच १००ः८१ को रेसियोमा मर्ज हुनेगरी सम्झौता भएको हो । मंगलबार भएको सहमति अनुसार हिमालयन बैंकले सिभिल बैंकलाई प्रतिकित्ता ८१ रुपैयाँमा एक्वायर गर्ने भएको हो ।

मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् । करिव डेढ बर्षपछिको प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकविच मर्ज सम्झौता भएको हो । यसअघि दुई पटक अनौपचारिक सहमति भएपनि मर्जर सम्झौता सम्म नपुग्दै भाडिएको थियो । हिमालयन बैंकले मर्जरपछि सिभिलका सिइओ सुनिल पोखरेललाई डेपुटी सिइओ दिन इन्कार गरेको थियो । तर पछि पुनः सो कुरामा हिमालयन बैंक सहमत भएको छ ।

मर्जरपछि बैंकको नाम हिमालयन, संचालक समिति र सिइओ पनि हिमालयन बैंककै रहनेगरी मर्जर सहमति भएको हो । हिमालयनले स्वाप रेस्यो पनि डिडिएपछि मात्रै तय हुने बताएपछि सिभिल बैंक पछि हटेको थियो ।

अहिले कर्मचारीको सम्मानजनक समायोजन र डिडिएमा पनि लिखित सम्झौता गर्न हिमालयन बैंक तयार भएपछि दुबै बैंक सहमत भएका हुन् । यसअघि हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा जाने प्रस्ताव साधारणसभाबाट अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ