वि.सं. २०८१ चैत्र ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालेखाको प्रतिवेदन भन्छः सरकारको बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो

अर्थटुडे
२०७९ असार २९, बुधबार

काठमाडौ । काठमाडौ । गत आर्थिक बर्षमो नेपालको बेरुजु ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परिक्षकको कार्यालयले ५९ महालेखा परिक्षकको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७/७८ मा वर्षमा बेरुजु १ खर्ब १५ अर्बले थप भएको जनाएको छ।

हालसम्म कुल ४ खर्ब ८३ अर्ब रुपैयाँ बेरुजु पुगेको महालेखाको प्रतिवेदनले देखाएको छ। संघीय सरकारी कार्यालयको बेरुजु ४९ अर्ब, प्रदेश कार्यालयको ७ अर्ब, संस्थान तथा समितिको १४ अर्ब, स्थानीय तहको ४३ अर्ब बेरुजु देखिएको छ। महालेखाले ५ हजार ६ सय ६५ सरकारी निकायको ४३ खर्ब ७७ अर्ब १७ करोड १६ लाखको लेखा परीक्षणबाट रित नपुर्याइ भएको खर्चको आँकडा १ खर्ब १५ अर्ब निकालेको हो।

१ खर्ब १५ अर्ब बेरुजुमध्ये सबैभन्दा धेरै नियमित गर्नुपर्नेमा ६९ अर्ब ६१ करोड छ। यसमा प्रमाण नपुगेको, अनियमित भएको, जिम्मेवारी नसरेको तथा शोधभर्ना नलिएको जस्ता हुन्छन्। यस्तो बेरुजुलाई नियमित गराएर मिलाउनुपर्ने हुन्छ। महालेखाले आर्थिक वर्ष २०७७/७८ मा कुल ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ