काठमाडौ। नेपाल राष्ट्र बैंकले भिजिट भिसामा विदेशमा जानेहरुलाई डलर सटही सुविधामा कडाइ गरेको छ । बुधबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरी भ्रमणका लागि विदेश जानेहरुले प्रतिव्यक्ति २०० डलर मात्र साथमा लैजान पाउने व्यवस्था गरेको हो । यसअघि विदेश भ्रमणमा जानेहरुको लागि प्रति व्यक्ति १ हजार अमेरिकी डलरसम्म लैजान पाउने व्यवस्था थियो । त्यस्तै राष्ट्र बैंकले कार्डको प्रयोगका लागि पनि प्राथमिकता दिएको छ ।
राष्ट्र बैंकले विदेशी मुद्राको सटहीका लागि इजाजत प्राप्त गरेका मनी चेन्जर र बैंकहरुलाई प्रति व्यक्ति २०० डलर मात्र सटही गर्न निर्देशन दिएको हो । नेपालमा बढ्दो शोधनान्तरका कारण विदेशी विनिमय संचितिमा निरन्तर ओरालो लाग्न थालेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ११ महिनामा जम्मा ९ अर्ब ४५ करोड रुपैयाँमात्र कम छ । जुन अघिल्लो आर्थिक बर्षको ११ महिनाको तुलनामा १९.६ प्रतिशतले कमी हो । सो रकमले जम्मा ६.६ महिनाको बस्तु तथा आयात मात्र धान्न पुग्ने अवस्था भएपछि राष्ट्र बैंकले भिजिट भिसामा जानेहरुलाई डलर सटही सुविधामा कडाई गरेको हो ।
प्रतिक्रिया