वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मौद्रिक नीति २०७९/०८० : कर्जा संकुचित गर्दै ब्याजदर वृद्धि (पूर्ण पाठ सहित)

अर्थटुडे
२०७९ श्रावण ६, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कार्यालय बालुवाटारबाट नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहलाई संकुचन गर्दै उत्पादन क्षेत्रमा लगानी बढाउने नीति लिएको छ ।
गत आर्थिक वर्षभन्दा साढे ६ प्रतिशत कम कर्जा विस्तार हुने लक्ष्यसहित ल्याइएको नीतिमा बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइएको छ । यस्तै अनिवार्य नगद मौज्दात (सीआरआर) ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ ।
यस्तै वैधानिक तरलता अनुपात(एसएलआर)को सीमा समेत बढेको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरिएको छ ।

चालु आवमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत आवमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत थियो ।

यस्तै राष्ट्र बैंकले कोभिड–१९ को महामारीमा स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । २०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो ।

मौद्रिक नीतिले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा परिवर्तन गर्दै १२ करोड मात्रै कायम गरिएको हो ।

मौद्रिक नीतिले वैदेशिक रोजगारी गएका नेपालीहरूले रेमिट्यान्स पठाएको प्रमाणपत्रको आधारमा विभिन्न सुविधा दिने घोषणा गरेको छ । त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेशी मुद्रा सटही सुविधा पाउन अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने उल्लेख गरेको छ ।

पूर्ण पाठ : Monetory_policy_2079-080

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ