काठमाडौं । साझा यातायातमा यात्रा गर्ने यात्रुहरुले नेपाल टेलिकमको वाईफाइ सेवाबाट इन्टरनेट चलाउन पाउने भएको छ । टेलिकमले वाइम्याक्स प्रविधिको उपकरण जडान गरी साझा यातायातको उपत्यकामा चल्ने रुटहरुमा सेवा दिएको हो ।
हाल साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल महाराजगञ्ज हुँदै गोंगबु बसपार्कसम्म दुई वटा रुटमा १६ वटा वस सञ्चालन गरिरहेको छ ।
कसरी चलाउने ?
यात्रुहरुले वाईफाईमार्पत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड\प्रिपेड मोवाइलको म्यासेज बक्समा गई वाइफाई टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गरी चलाउन सकिने जानकारी दिएको छ ।
यसबाट स्मार्ट फोन, ल्यापटप, आइप्याडमा वाईफाइ चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिने र पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहने पनि कम्पनीले जानकारी दिएको ।
सेवा प्रयोग गरेवापत ग्राहकको मोवाइलबाट १० रुपैयाँ कट्टा हुनेछ ।
प्रतिक्रिया