काठमाडौ– गत आर्थिक बर्षको नाफाबाट पनि बैंकहरुले आफ्ना कर्मचारीहरुको ११ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बोनस बापत मात्र छुट्याएको छ । हाल संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा कर्मचारीका लागि ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए ।
गत आर्थिक बर्षमा सवैभन्दा धेरै बोनस दिने बैंकमा प्राइम बैंक रहेको छ । सो बैंकले गत आर्थिक बर्षको नाफाबाट बैंकले आफ्ना कर्मचारीहरुको लाग ५१.८ प्रतिशत बोनस दिने भएको छ । बैंकको गत आर्थिक बर्षको कर्मचारी खर्च जम्मा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ रहेको तथ्यांक छ । त्यस्तै सो बैंकले कर्मचारीहरुको बोनसका लागि मात्र ५८ करोड १८ लाख रुपैयाँ रकम छुट्याएको छ ।
त्यस्तै कर्मचारीहरुलाई बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । सो बैंकले पनि आफ्ना कर्मचारीहरुलाई ५०.३० प्रतिशत बोनस दिने भएको छ । सो बैंकको गत आर्थिक बर्षमा १ अर्ब २८ करोड रुपैयाँ कर्मचारी खर्च भएको थियो ।
त्यस्तै नविल बैंक भने यसपाली तेस्रो नक्बरमा परेको छ । नविल बैंकले आफ्ना कर्मचारीहरुलाई ४०.८० प्रतिशत बोनस दिने भएको छ । सो बैंकको गत आर्थिक बर्षमा कर्मचारी खर्चका लागि १ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खर्च भएको थियो ।
त्यस्तै बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार बैंकहरुको बोनस दिने क्षमता औषतमा २५.७० प्रतिशत रहेको छ । औषत भन्दा कम बोनसदर दिने बैंकहरुमा १५ वटा रहेका छन् । बाँकी बैंकहरुको बोनसदर औषतभन्दा बढी छ ।
सिटिजन्स, एनसीसी,सिद्धार्थ,नेपाल बैंक, कुमारी, माछापुच्छ्रे,सेन्चुरी, सनराइज, सिभिल, एनआइसी एसिया, नेपाल एसविआइ बैंक, प्रभु, लक्ष्मी र कृषि विकास बैंकले कर्मचारीलाई दिने बोनसदर औषतभन्दा कम छ ।
त्यस्तै प्राइम, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल, स्ट्यान्डर्ड चार्टड, राष्ट्रिय बाणिज्य बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, एनएमबी, सानिमा, बैंक अफ काठमाडौ,मेगा र एभरेष्ट बैंकले भने औषतभन्दा धेरै बोनस दिने भएका छन् ।
वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको नाफाबाट कर्मचारीहरुलाई सवैभन्दा कम बोनस छुट्याउने बैंकमा कृषि विकास बैंक रहेको छ । सो बैंकले १६.१ प्रतिशत अर्थात् ४६ करोड १६ लाख २३ हजार रुपैयाँ छुट्याएको छ । गत आर्थिक बर्षमा कृषि विकास बैंकले कर्मचारी खर्च २ अर्ब ८६ करोड ७९ लाख ६७ हजार रुपैयाँ भएको थियो ।
गत आर्थिक बर्षको तथ्यांक हेर्दा सवैभन्दा बढी कर्मचारी खर्च भएको बैंक एनआइसी एसिया बैंक रहेको छ । सो बैंकले गत आर्थिक बर्षमा मात्र ३ अर्ब ८३ करोड २१ लाख ३४ हजार खर्च गरेको छ । सो बैंकले कर्मचारीहरुको लागि बोनस पनि १८.७५ अर्थात् ७१ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ । जुन सवैभन्दा बढी हो ।
त्यस्त बार्षिक दुई अर्ब रुपैयाँ भन्दा बढी खर्च गर्ने बाणिज्य बैंकहरुमा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, ग्लोवल आइएमई बैंक, एनएमबी बैंक,सिद्धार्थ,नेपाल बैंक र प्रभु बैंक रहेका छन् ।
प्रतिक्रिया