वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीबन बीमा: अभिकर्ताको उक्साटमा बीमा गर्छन किस्ता तिर्दैनन्,किस्ता नतिर्नेको संख्या १२ लाख

अर्थटुडे
२०७९ भाद्र १, बुधबार

काठमाडौकी अन्जली रम्तेलले आफ्नो साथिको उक्साहटमा लागेर सनलाइफ इन्स्योरेन्समा आफ्नो बीमा गरिन् । एक लाख रुपैयाँ बीमांकको बीमा गरेकी उनले प्रति बर्ष ९ हजार ९९९ तिर्नुपर्दथ्यो । उनले पहिलो किस्ता तिरिन् तर अर्को बर्ष किस्ता तिर्नेबेलामा कम्पनीबाट त फोन आयो तर अभिकर्ताले चासो नदिएपछि उनी चुप बसिन् । त्यसपछि उनले किस्ता नै तिरेकी छैनन् । न उनी सो रकम के हुन्छ भनेर सोध्न् नै कार्यालय गएकी छिन् । उनीमात्र होइन, पछिल्लो समयमा अभिकर्ताको उक्साहटमा लागेर बीमा गर्ने अनि किस्ता तिर्न नजानेहरुको संख्या बाक्लो रहेको छ ।

बीमा समितिका अनुसार जीवन बीमा गर्ने तर किस्ता नर्तिनेको संख्या करिब १२ लाख पुगेको छ। गत आर्थिक वर्ष(२०७८÷७९) मा ६२ अर्ब रुपैयाँ माथिका बिमालेख व्यतित (बिमा गरेको व्यक्ति‘बिमित’ले प्रत्येक पटक बीमा शुल्कको किस्ता बुझाउनुपर्ने मितिदेखि थप ३० दिनभित्र नबुझाएमा बिमालेख निकृय हुन्छ, जसलाई व्यतित बिमालेख भनेर बुझिन्छ। यसले जोखिम भार बहन गर्दैन।) भएको तथ्यांक छ।

 

बिमा समितिका अनुसार समिक्षा अवधिमा ६२ अर्ब ७९ करोड २८ लाख ७४ हजार रुपैयाँ बराबरका ११ लाख १९ हजार ५९४ बिमालेख निष्कृय अर्थात व्यतीत भएका हुन्। रकमका आधारमा कुल बिमाङक (बिमा रकम, बिमितले कति रकमको बिमा गर्ने हो त्यसलाई बिमाङ्क) भनिन्छ।) को करिब १० प्रतिशत बिमालेख निष्कृय अर्थात व्यतित भएका हुन्। गत आर्थिक वर्षमा ६ खर्ब ८३ करोड ६९ लाख ५१ हजार कुल बिमाङ्क रकम बराबरको बिमा भएको छ।

उल्लेखित व्यतित रकम निर्धारित बिमाङ्क रकमको बिमकले उठाउन अर्थात बिमितले तिर्न बाँकी रहेको रकम हो
उच्च दरमा पोलिसि व्यतित हुनेमा नेपाल लाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेका छन्। कुल व्यतित बीमालेख मध्ये २९.४६ प्रतिशत अर्थात ३ लाख २९ हजार ८१४ बीमालेख नेपाल लाइफको मात्रै रहेको छ । नेपाल लाइफको ७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बराबरको बीमालेख निष्कृय रहेको छ ।

यस्तै एलआईसी नेपालको पनि २ लाख ८१ हजार २२८ वटा बीमालेखहरु अर्थात २५.१२ प्रतिशत बीमालेख व्यतित भएका छन् । रकमको आधारमा भने नेशनल लाइफको सबै भन्दा धेरै बीमालेख व्यतित भएको छ । कम्पनीको ३२ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको ८५ हजार ४०१ वटा बीमालेख व्यतित रहेका छन् ।

महालक्ष्मी लाइफको व्यतित बीमालेखको दर सबै भन्दा कम रहेको छ । महालक्ष्मी लाइफको १० करोड ३० लाख रुपैयाँ बराबरको ०.२४ प्रतिशत अर्थात २ हजार ६७९ वटा बीमालेख व्यतित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ