वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

अर्थटुडे
२०७९ भाद्र १२, आईतवार

काठमाडौ–काठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

मर्जपछि संस्थाको कारोबार झण्डै १० अर्ब रुपैयाँ पुग्ने छ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ५ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ, ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने पनि संस्थाले जनाएको छ । सम्झौता अनुसार मर्जभएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ बन्नेछ भने अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिले सहकारीहरुमा बचत फिर्ताको समस्या नआएको दावी गर्दै बैंक तथा वित्तिय संस्थाले अपवाह फैलाएको बताए ।  सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तिय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको उनको दावी थियो ।

त्यस्तै मर्जपछि सहकारी संस्थाको शेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् भने ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ । त्यस्तै मर्जपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैया र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । त्यसैगरी संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ र २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ।

मर्ज सम्झौता कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले विभिन्न ठूला सहकारीहरुले दिएको सेवाको उदाहरण दिदै जति ठूलो सहकारी उति धेरै सदस्यले सेवा पाउने सक्ने दावी गरे । त्यसैगरी उनले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने धारणा राख्दै नीतिगत रुपमा बहस पैरवी गर्नका लागि महासंघ निरन्तर लागिरहेको दावी गरे । त्यस्तै उनले अन्य संस्थाहरुले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकहरुले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतिले सहकारीहरुमा बचत फिर्ताको समस्या नआएको दावी गर्दै बैंक तथा वित्तिय संस्थाले अपवाह फैलाएको दावी गरे । सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तिय संस्थाले कृतिम अभाव देखाएर अपवाह फैलाएको उनको दावी थियो ।

उनले नेपालभर रहेका सहकारी संस्थाहरुमध्ये १ प्रतिशत भन्दा कम सहकारीमा मात्र समस्या रहेको दावी गर्दै वित्तिय व्यवस्थापन नजाने र वा ऐन नियमनको कार्यान्वयन गर्न नसकेका कारण त्यस्ता संस्थाहरुमा समस्या देखिएको जनाए । त्यस्तै उनले सहकारीलाई राज्यले नै गलत नियतले हेर्ने गरेको बताउँदै सहकारीहरुलाई पर्याप्त तरलता राखेर ठूलो कर्जा नदिन पनि आग्रह गरे । त्यस्तै उनले सहकारीहरु समस्यामा नपरुन् भनेर सहकारी बैंकले तीन अर्व रुपैयाँ बराबरको तरलता कोषको पनि स्थापना गरेको जानकारी दिए ।

त्यसैगरी बाग्मती प्रदेशका रजिष्टार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलिया घुसपैठ हुदासमस्यामा आएको बताउँदै एकतावद्ध भएर यो समस्याको डटेर समाधान गर्न पनि आग्रह गरे । उनले कतिपय सहकारीहरुले कार्यक्षेत बढाउने, सेवा केन्द्र बढाउने मात्र उदेश्यका साथ मर्ज गर्ने गरेको उदाहरण दिदै शनिवार भएको पाँच वटा सहकारीको एकीकरण भने गुणस्तरीय सहकारी अभियान निर्माणका लागि भएको देखिएको दावी गरे । उनले यो एकीकरणबाट अन्य सहकारी संघसंस्थाहरुले पनि सिक्न जरुरी रहेको बताए ।

सोही कार्यक्रममा मर्जपछि बन्ने ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.का प्रस्तावित अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी कुयाङ लामाले सहकारीप्रति सदस्यहरुको विश्वासलाई कायम राख्दै थप सवल तथा बलियो संस्था बनाउनका लागि सदस्यहरुको अनुमतिमा मर्ज गर्ने निर्णय गरेको बताए ।

त्यस्तै उनीहरुले मर्जरले संस्थागत सुशासनलाई बलियो बनाउने, संचालन खर्च तथा अन्य खर्च कम गर्ने, सदस्यहरुको विश्वास बढाउने, सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने, दोहोरो सदस्यता हटाउने, कर्जाको गुणस्तर बढाउने र थप सिनर्जी सहित प्रभावकारी र चुस्त व्यवस्थापनको निर्माण गर्न मद्धत पुग्ने अपेक्षा लिएको पनि दावी गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ