वि.सं. २०८१ माघ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिडिपीको १०.८ प्रतिशत रकम अवैध कारोबारबाट

अर्थटुडे
२०७९ भाद्र १५, बुधबार

काठमाडौ –नेपालमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को १०.८ प्रतिशत सम्पत्ति अवैध कारोबारबाट आर्जित भएको पाइएको छ । बुधबार अर्थसमितिमा भएको सम्पत्ति शुद्धिकरणसम्बन्धी छलफलमा सो तथ्यांक पेश गरिएको हो ।

नेपालमा ५ खर्ब २३ अर्ब रुपैयाँ बराबरको सम्पत्ति दुई नम्वरी धन्दाबाट कमाएको देखिएको छ । सो रकम जिडिपीको १०.८ प्रतिशत हुन आउछ । वित्तिय जानकारी इकाइका पुर्व प्रमूख एवं सम्पत्ति शुद्धिकरण सम्बन्धी विज्ञ डा.हरी नेपालले नेपालमा सो रकम बराबरको सम्पत्ति दुई नम्वरी धन्दाबाट कमाएको जानकारी दिए । उनले विश्वमा गरिएको अध्ययन अनुसार विश्वमा कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५.४ प्रतिशत रकम बराबरको सम्पत्ति २ नम्वरी धन्दाबाट कमाएको देखिएको जानकारी दिए ।

उनका अनुसार विश्वमा राजश्व छली बाहेकका अपराधबाट विश्वको जिडिपीको को ३.६ प्रतिशत र राजश्व छलीबाट १.८ प्रतिशत गरी कुल ५.४ प्रतिशत रकम २ नम्वरी धन्दाबाट कमाएको अध्ययनले देखाएको छ ।

सो अध्ययनले विकासशील देशको हकमा भने सो प्रतिशत दोव्वरले बढेको दावी गरेको छ । यसरी हेर्दा नेपालको कुल जिडिपीको १०.८ प्रतिशत रकम २ नम्वरी धन्दाबाट कमाएको देखिएको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार चालु आर्थिक बर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ४८ खर्ब ५१ अर्ब रुपैयाँ छ । सोको १०.८ प्रतिशत भन्नाले ५ खर्ब २३ अर्ब रुपैयाँ पुग्दछ ।

डा. नेपालले अर्थसमितिमा यो तथ्यांकलाई गणितीय माध्यमबाट सम्झाउने हो भने डरलाग्दो तथ्यांक देखिने भन्दै संसदहरुलाई सो रकमको आफै आँकलन गर्न आग्रह गरे । डा. नेपालका अनुसार यसरी दुई नम्वरी धन्दा गर्नको लागि नेपालमात्र नभएर विश्वभरमा ३ ‘प’ पद, पैसा र पहुँच) को प्रभाव रहेको दावी गरे । उनले नेपालले आधिकारीक रुपमा अध्ययन नगरेपनि विश्वभर भएको अध्ययन र त्यसबाट नेपालको आँकलले गम्भीरता इङिकत गरेको दावी गरे ।

त्यस्तै उनले आतंककारी कार्यको मूल्य वा प्रभाव सन् २०१५ र २०१६ मा क्रमशः ८९ र ८४ विलियन अमेरिकी डलर रहेको अध्ययनबाट पाइएको थियो । त्यस्तै करिव १०६ देशहरु आतंककारी कार्यबाट प्रभावित भएको पाइएको पनि डा.नेपालले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ